ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ ।
त्यस्तै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको निगमको विज्ञप्तीमा उल्लेख छ ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी कायम गरिएको नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँमा खरिद गर्नुपर्नेछ ।
निगमले अनुसार हवाई इन्धनको मूल्य बृद्धि नगरिएको विज्ञप्तीमार्फत जानकारी दिएको छ ।