ई–आर्थिक, काठमाडौं । काठमाडौंको टोखामा रहेको ट्रिपल स्टार इम्पोलोयमेन्ट प्रालिमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । क्यानडा पठाउने काम गरेको र अन्तवार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागले विभागले छापा मारेको हो ।
विभागले उक्त कार्यमा संलग्न ४ जना भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीयहरुमा तीन महिला र एक पुरूष रहेका छन् ।
दर्ता नै भएको गणपति भन्ने म्यानपावरले क्यानाडा पठाउन लागेको भन्ने सूचनाका आधारमा सो म्यानपावरमा छापा मारेको थियो ।
भारतीय नागरिकले सञ्चालन गरेको गणपति नामको म्यानपावर कम्पनी दर्ता नभएपछि ट्रिपल स्टारसँग सहकार्यमा क्यानाडा पठाउने कार्य भइरहेको बताइएको छ । भारतबाट आएको गिरोह नेपालमा सक्रिय भएको जानकारी पाएपछि खोजी हुँदा भारतीयहरुले ट्रिपलसँग सहकार्य गरेको फेला परेको बैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।
विभागले उक्त कार्यमा संलग्न ४ जना भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीयहरुमा तीन महिला र एक पुरूष रहेका छन् ।
भारतबाट आएका ४ जनाले अबैधरुपमा गणपति ह्याप्पी लाईफ प्रालिको नाममा विल काटेर क्यानडा लैजाने भनि जनही ५ हजार भारु उठाइरहेको भन्ने सूचना विभागले पाएको थियो ।

कार्यालय प्रयोजनका ल्यापटप २ थान, बिलप्याड २ थान, एमओयू पाना ५ थान, ट्रिपल स्टारको मार्केटिङ बुक १ थान, ठूलो बिलप्याड १ थान, कपिहरु १० थान, क्यानडाको अफर अफ इम्पोलायमेन्ट २ थान, राहदानी फोटोकपी सहितको फारम ६ थान, ठूलो सम्झौता पत्र १ थान, सर्टिफिकेट अफ रजिष्ट्रेसन ६ र प्लाष्टिकको फाइल १ थान नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका भारतीय नागरिकहरुले आफू काम गर्ने कर्मचारी भएको छन् । उनीहरुसँग कुनै पनि परिचयपत्र फेला पार्न सकिएको छैन् । विभागले उनीहरुलाई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।