२०८३ साउन ९ शनिबार

प्रचण्ड–नेपाल समूहले ग¥यो तेस्रो चरणको आन्दोलन घोषणा

ई आर्थिक    सोमबार, माघ १२ २०७७
9.9K
Shares
प्रचण्ड–नेपाल समूहले ग¥यो तेस्रो चरणको आन्दोलन घोषणा

ई–आर्थिक, काठमाडौं : नेकपाको दाहाल–नेपाल समूहले जारी राखेको आन्दोलनलाई थप शसक्त बनाउँदै लग्ने भएको छ । सो समूहले त्यसका लागि तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आज सोमबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सो समूहले घोषित कार्यक्रमअनुसार माघ १३ गते काठमाडौँमा सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना र माघ १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जली दिने कार्यक्रमको आयोजना गर्नेछ ।

काठमाडौंमा हालै मात्र शक्ति प्रदर्शन गरेको सो समूहले उपत्यका वाहिर पनि आन्दोलनलाई शसक्त पार्दैै लैजाने तयारी गरेको छ । जसअनुसार माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम भएको छ ।

त्यसैगरी माघ २२ गते काठमाडौँमा युवा र्‍याली, २६ गते देशव्यापी मशाल जुलुस र २८ गते काठमाडौँमा विरोधसभभा गर्ने घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij