२०८३ साउन ९ शनिबार

उद्योग वाणिज्य महासङ्घको पूँजी बजार समितिले पायो पूर्णता, पौडेलेको सभापतित्वमा समिति

ई आर्थिक    शनिबार, माघ १० २०७७
6.3K
Shares
उद्योग वाणिज्य महासङ्घको पूँजी बजार समितिले पायो पूर्णता, पौडेलेको सभापतित्वमा समिति

ई–आर्थिक, काठमाडौंं । नेपाल उद्योग वाणिज्य महासङ्घले पूँजीबजार समिति विस्तार गरेको छ । समग्र धितोपत्र बजारको विकास र विस्तार गर्दै नीति निर्माणमा सहकार्य गर्ने लक्ष्यका साथ उक्त समिति निर्माण भएको हो ।

महासङ्घका कार्यकारिणी सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठित समितिको उपसभापतिमा रामशरण थपलिया छन् ।

समितिको सदस्यहरुमा निर्माण श्रेष्ठ, मेखबहादुर थापा, सन्तोष मैनाली, प्रियराज रेग्मी, विष्णुप्रसाद बस्याल, राजन लम्साल र ज्योति दाहाल छन् । त्यसैगरी समितिको आमन्त्रित सदस्यहरुमा भने उषा खतिवडा र अनन्तकुमार पौडेल रहेका छन् ।

उक्त समितिले पूँजी बजारसँग सरोकार राख्ने सबै निकायहरुबीच सहकार्य र समन्वय गरी बजारको विकास गर्ने लक्ष्य राखेको छ ।

पूँजीबजारमा वैदेशिक लगानी भित्र्याउन पूँजी बजारसम्बन्धी ऐनकानूनमा समसामयिक सुधारका लागि सहजीकरण गर्ने, दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई आवश्यक पर्ने भरपर्दो सूचना आदानप्रदान गर्ने विषयलाई प्रमुख प्राथमकितामा राख्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij