२०८३ साउन ९ शनिबार

माघे संक्रान्तिमा खाइने तरुल, पिडालु, सखर र चाकुको व्यापार धमाधम हुँदै

ई आर्थिक    बुधबार, पौस २९ २०७७
5.5K
Shares
माघे संक्रान्तिमा खाइने तरुल, पिडालु, सखर र चाकुको व्यापार धमाधम हुँदै

ई–आर्थिक, काठमाडौं । हरेक बर्ष माघ १ गते मनाइने माघे सक्रान्तिमा खाइने तरुल, विडालु, सखर र चाकुको व्यापार धमाधम हुँदैछ । नेपालीहरुले मनाउने चाडपर्वमा मध्ये एक माघे सक्रान्तिमा विभिन्न परिकार खाएर मनाउने गरिन्छ । यो दिनमा खाइने मूख्य खानेकुरा तरुल र चाकु हो ।

यो पर्वमा प्रयोग गरिने तरुल र चाकुको व्यापार यो साताको सुरुवातबाटै भैरहेको छ । भोली बिहीबार माघे संक्रान्तिमा अनिवार्य प्रयोग गरिने तरुल र चाकुको व्यापार काठमाडौ लगायत देशैभर भैरहेको छ । हरेक जसो पसलमा भोली खाइने परिकार विक्रीमा राख्ने गरिन्छ ।

विशेषगरी भोली खाइने चाकु र तरुलको छुट्टै व्यापार गर्नेहरु पनि प्रसस्तै भेटिन्छन् । यो पर्वलाई धुमधामसँग मनाउन सरकारले सार्वजानिक विदा समेत घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij