२०८३ साउन ९ शनिबार

वाइडेनलाई राष्ट्रपति घोषणा गर्ने समयमै ट्रम्प समर्थकद्वारा अमेरिकामा हिंसा, एकको मृत्यु, दर्जन बढी गम्भीर घाइते, बासिंङटनमा कर्फ्यू

ई आर्थिक    बिहिबार, पौस २३ २०७७
6.9K
Shares
वाइडेनलाई राष्ट्रपति घोषणा गर्ने समयमै ट्रम्प समर्थकद्वारा अमेरिकामा हिंसा, एकको मृत्यु, दर्जन बढी गम्भीर घाइते, बासिंङटनमा कर्फ्यू

ई–आर्थिक, काठमाडौं । जो वाइडेनलाई अमेरिकाको राष्ट्रपतिको रुपमा घोषणा गर्ने दिनमा नै अमेरिकमा हिंसा मच्चिएको छ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा प्रवेश गरी तोडफोड गरेर हिंसा मच्चाएका हुन ।

वासिङ्टनको क्यापिटल भवनमा अमेरिकी कांग्रेसले इलेक्टोरल कलेजको बारेमा बहस गरिरहेका थिए । बहसपछि नव निर्वाचित राष्ट्रपति जो बाइडेन बिजयी भएको औपचारिक पुष्टि हुन बाँकी रहेकै बेला राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू झ्याल र ढोका तोडफोड गर्दै हतियारसहित संसद भवनमा प्रवेश गरेको थिए । उनीहरूले भवनमा प्रवेश गरि अमेरिकी राष्ट्रपति चुनाव रद्द गर्न माग समेत गर्दै हिंसा मच्चाएका थिए ।

प्रदर्शनका क्रममा संसद भवनभित्रै गोली लागेर एकजना महिलाको मृत्यु भएको छ भने दर्जौनौं घाइते भएका छन् ।

उत्तेजित प्रदर्शनकारी र प्रहरीबीच संसद भवनभित्रै हिंस्रक झडप समेत भएको थियो । प्रदर्शनमा ६ जना गम्भीर घाइते भएका छन् ।
सो हिंसामा संलग्न मध्ये दुई दर्जन बढीलाई पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार समेत नियन्त्रणमा लिएका छन् । हिंसात्मक प्रदर्शनपछि क्यापिटल भवनमा कर्फ्यू घोषणा गरिएको छ ।

संसद आक्रमणको घटना लगत्तै देशवासीको नाममा सम्बोधन गर्दै राष्ट्रपति पदमा नव निर्वाचित जो बाइडेनले ट्रम्प समर्थक भीडलाई पछि हट्न र लोकतन्त्रलाई अघि बढ्न दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij