२०८३ साउन ९ शनिबार

नौं महिनापछि खुलेको लाइसेन्स फर्म भर्नै सकस, अधिकांशले गरे भर्न नपाएको गुनासो

ई आर्थिक    बिहिबार, पौस २३ २०७७
4.6K
Shares
नौं महिनापछि खुलेको लाइसेन्स फर्म भर्नै सकस, अधिकांशले गरे भर्न नपाएको गुनासो

काठमाडौं । करिब नौं महिनापछि खुला गरेको सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा फाराम भर्न नै सकस उत्पन्न भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फारम खुला गरे पनि प्राविधिकलगायत समस्याका कारण फर्म भर्न नै सकस उत्पन्न भएको हो ।

विभागले गत १४ पुसदेखि अनलाइनमार्फत फारम खुला गरेको थियो । तर, अधिकांश सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पाएका छैनन् । झापा निवासी सुशील गौतमले १४ पुस अर्थात् फारम खुलेकै दिनदेखि अनलाइन फर्म भर्न प्रयास गरे पनि अहिलेसम्म भर्न सकेका छैनन् ।

लालसमक्ष नै पुग्न बाध्य हुनेगरी विभागले काम गरिरहेको आरोप

गोरखा निवासी सुदन पौडेलले आफूले चार घण्टा निरन्तर प्रयास गर्दा पनि फर्म भर्न नमिलेको भन्दै अनलाइन फर्म भर्ने गतिलो व्यवस्था नगरेको जनाउँछन् । अर्का एक सेवाग्राही बिहान ५ः५५ देखि सुरु गरेर २० मिनेट निरन्तर अथक प्रयास गर्दा फर्मको कोटा नै सकिएको भनेर सन्देश आएको जनाउँछन् । उनले दलालसमक्ष नै पुग्न बाध्य हुनेगरी विभागले काम गरिरहेको आरोपसमेत लगाए ।

अर्का सेवाग्राही राजु थापा पुरै फर्म भरेपछि कोटा फुल भएको सन्देश दिने प्रणालीप्रति आक्रोश पोख्छन् । ‘कोटा फुल भयो भने सुरुमा भन्नुपर्दैन ? फर्म भरेर सब्मिट गर्ने बेला भन्ने हो ? सिस्टम बनाउँदा सामान्य दिमाग त लगाउनु नि,’ उनी आक्रोश पोख्छन् ।

माथि उल्लिखित पात्रहरू जस्तै लाइसेन्सका लागि अनलाइन फर्म भर्न खोज्ने अधिकांशले अहिले समस्या भोगिरहनुपरेको छ । धेरै जनाले फर्म भरेर सब्मिट गर्दा कोटा सकिएको भन्दै भर्न पाएका छैनन् भने अधिकांश समय त विभागको अनलाइन फर्म भर्ने साइट नै डाउन हुने गरेको छ । विभागले सोमबार भने सर्भर मर्मतका लागि भन्दै अनलाइन आवेदन रोक्नुपरेको थियो । सोमबार सर्भर मर्मत गरिएपछि डाउन नभए तापनि कोटा सिस्टमका कारण सेवाग्राहीले भने फर्म भर्न पाएका छैनन् ।

विभागको वेबसाइटमा राखिएको लिंक अथवा अनलाइन इडीएलआरइजी डट डीओटीएम डट जीओभी डट एनपीमार्फत फारम बिहान ६ बजदेखि राति १० बजेसम्म भर्न सकिने विभागले जनाएको छ । विभागले कोटा भएको अवस्थामा मात्र फर्म भर्न सकिने पनि जनाएको छ । तर, सेवाग्राहीले सहज रूपमा अनलाइन फर्म भर्न पाएका छैनन् ।

गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको गरेको समाचार टेनिस रोकाले आजको राजधानीमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij