ई–आर्थिक, काठमाडौं । नेकपा फुटको असर प्रदेशतिर सरेको छ । शीर्ष नेताबीचको जुँगाको लडाई, संसद विघटनको विषय आदीलाई लिएर
लिएर औपचारिक फुटतर्फ लागेको नेकपाका प्रदेश मन्त्रीले राजिनामा दिने र प्रदेश मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने जस्ता गतिविधि सुरु भएको छ ।
यसैबीच बागमती प्रदेशका प्रचण्ड–नेपाल समूहका तीन मन्त्रीले राजिनामा दिएका छन् भने मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
शुक्रबार प्रचण्ड–माधव पक्षधरका वगामती प्रदेशका उद्योग,पर्यटन वन तथा वातवरण मन्त्री अरुण नेपाल,सामाजिक विकास मन्त्री युवराज दुलाल र आन्तरिक विकास मन्त्री शालिकराम जमकट्टेलले आज मुख्य मन्त्रीलाई राजीनाम बुझाएका हुन् ।
उनीहरूले मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा रहि काम गर्न नसकिएको भन्दै सामुहिक राजीनामा दिएका हुन् । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले शुक्रबार सामुहिक राजीनामा दिएका हुन् ।
त्यसैगरी संसदीय दलका उपनेतासमेत रहेका आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।
प्रचण्ड–नेपाल समूहका ४५ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
केन्द्र तहमा दुइ गुटमा विभाजित नेकपाको दन्द्ध प्रदेश हुँदै विस्तार स्थानीय निकायसम्मै पुग्दैछ । नेतृत्वस्तरमा रहेका नेताहरुले आफ्नो गुट क्लियर गर्न थालिसकेका छन् भने स्थानीयस्तरका कार्यकर्ता भने कुन गुटमा लाग्ने भन्ने विषयमा अलमलमा परिरहेका छन् ।