२०८३ साउन ९ शनिबार

इसाइ धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमसः आज मनाईदै

ई आर्थिक    शुक्रबार, पौस १० २०७७
5.9K
Shares
इसाइ धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमसः आज मनाईदै

ई–आर्थिक, काठमाडौं । इसाइ धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमस आज मनाइदैछ । विश्वभरका इसाइ धर्मावलम्बीले आफ्नो महान पर्व क्रिसमसलाई आजको दिनमा धुमधामका साथ मनाउँदै आइरहेका छन् ।

येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमस यो पर्व मनाउने गरिन्छ ।

कोरोनाका कारण क्रिसमसमा सामाजिक दूरी कायम गरेर मनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । क्रिसमसमा उपहार आदानप्रदान, सामाजिक तथा पारिवारिक जमघट साथै चर्चमा भेला भएर सामूहिक प्रार्थना गर्ने प्रचलन छ । नेपालमा पनि त्यही गतिविधि गरेर यो पर्वलाई मनाउने गरिन्छ ।

क्रिसमसका अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij