२०८३ साउन १० आइतबार

म्यानपावर कम्पनीको अबैध गतिविधिप्रति बैरो विभाग आक्रमक, मनास्लु म्यानपावरमा विभागको स्टिंग अप्रेशन

ई आर्थिक    बिहिबार, पौस ९ २०७७
9.2K
Shares
म्यानपावर कम्पनीको अबैध गतिविधिप्रति बैरो विभाग आक्रमक, मनास्लु म्यानपावरमा विभागको स्टिंग अप्रेशन

ई–आर्थिक, काठमाडौं । म्यानपावर कम्पनीका अबैध गतिविधि बढेको भन्दै वैदेशिक रोजगार विभाग पछिल्लो समय आक्रमक बन्न थालेको छ । विभागले कतै छापा मारिरहेको छ भने कतै स्टिङ्ग अप्रेसन गरिरहेको छ ।

यसैक्रममा काठमाडौंको धुम्बाराहीमा रहेको मनास्लु इन्टरनेशनल सर्भिसेस प्रा.लि.मा विभागले स्टिङ्ग अपरेशन गरी छापा मारेको छ । साउदी अरब पठाउने भन्दै दुई जनाबाट बढी शुल्क मागेको सूचनाको आधारमा उक्त म्यानपावर कम्पनीमा मंगलबार साँझ साढे ५ बजे छापा मारिएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार म्यानपावर कम्पनीले साउदी पठाउनका लागि कन्चनपुरका डम्बरबहादुर कार्की र सैलेन्द्र सिंहसँग एक लाखका दरले दुई लाख मागेको थियो ।

साउदी अरबको हेल्दी फुड्स कम्पनीमा जान लागेका उनीहरुले कम्पनीले दुई लाख मागेको गुनासो राख्न विभाग पुगेका थिए ।

सोही आधारमा विभागले उनीहरुले बुझाउने रकमको फोटोकपी राखेर मेनपावर पठाएको थियो । मनास्लु म्यानपावरका अप्रेशन म्यानेजर तिर्थराज ओझाले उक्त दुई लाख रुपैयाँ बुझिसकेको अवस्थामा छापा मारेको विभागले जानकारी दिएको छ ।

ती कामदारले बुझाएको दुई लाख रुपैयाँ म्यानपावरले घर्रामा राखेको र उक्त रकम बरामद गरी मुचुल्का तयार गरी विभागले लिएर गएको थियो ।

उक्त ठगी रकम रंगे हात फेला पारेपछि मेनपावर संचालक राममणि दाहाललगायत मेनपावरका व्यक्तिहरु विभागमा उपस्थित भएका थिए । विभागले बोलाएको खण्डमा जुनसुकै अवस्थामा उपस्थित हुन तयार रहेपछि विभागमा उपस्थित म्यानपावरसँग सम्बन्धित व्यक्तिहरुलाई छाडिएको थियो ।

विभागले पछिल्लो पटक छापा मारेको मनास्लु एउटा उदाहरण मात्रै हो । यस अघि प्याराडाइज, डीडी र एसओएस म्यानपावर कम्पनीले विभागले छापा मारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij