२०८३ भाद्र ७ आइतबार

कैलाश हेलिकोप्टरले माग्यो ७ जना पाइलट, १५ दिनभित्र आवेदन दिनुपर्ने

ई आर्थिक    आइतबार, भाद्र ७ २०८३
513
Shares
कैलाश हेलिकोप्टरले माग्यो ७ जना पाइलट, १५ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । कैलाश हेलिकोप्टर सर्भिसेज लिमिटेडले विभिन्न पदमा ७ जना पाइलट माग गरेको छ। कम्पनीले एयरबस एएस३५० सिरिजका हेलिकोप्टर सञ्चालनका लागि योग्य नेपाली जनशक्ति माग गरेको हो।

कम्पनीले हेलिकोप्टर पाइलट (इन्स्ट्रक्टर) ३ जना, हेलिकोप्टर पाइलट (क्याप्टेन) २ जना र हेलिकोप्टर को–पाइलट २ जना गरी कुल ७ पदका लागि दरखास्त आह्वान गरेको छ।

कम्पनीका अनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले अद्यावधिक बायोडाटा (सीभी), लाइसेन्स तथा सम्बन्धित सम्पूर्ण कागजातसहित आवेदन दिन सक्नेछन्।

आवेदकसँग आईसीएओका सम्बन्धित सदस्य राष्ट्र वा नेपाल नागरिक उड्डयन प्राधिकरण (सीएए) बाट जारी गरिएको एएस३५० सिरिज हेलिकोप्टरमा मान्य एटीपीएल, सीएफआई वा सीपीएल (एच) लाइसेन्स हुनुपर्नेछ। अन्य न्यूनतम योग्यता नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रचलित आवश्यकताअनुसार हुने कम्पनीले जनाएको छ।

कम्पनीले २२ अगस्ट २०२६ मा सूचना प्रकाशित गर्दै आवेदन खुलाएको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन बुझाउनुपर्नेछ।

आवेदन कैलाश हेलिकोप्टर सर्भिसेजको कार्यालयमा प्रत्यक्ष रूपमा वा तोकिएको इमेलमार्फत पठाउन सकिनेछ।

कम्पनीको कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टीआईए कमर्सियल बिल्डिङ, लेभल–३, काठमाडौं मा रहेको छ।

आवेदनका लागि [email protected] र [email protected] इमेल ठेगाना उपलब्ध गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij