लन्डनस्थित हिथ्रो विमानस्थलमा पार्किङ गरी राखिएका भर्जिन एअरलाइन्सका जहाज
ई–आर्थिक, काठमाडौं । बेलायतमा नयाँ कोरोना भाइरसको प्रजाति भेटिएपछि बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ ।
उक्त प्रजातिको भाइरस नेपालमा सर्न नदिन नेपालमा यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको नेपाल नागरिक उड्डययन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै अन्तर्राष्ट्रिय हवाई सेवा रोक्न भनेको छ ।
बेलायतमा कोरोना सङ्क्रमणको नयाँ भाइरस पुष्टि भएसँगै प्राधिकरणले बेलायतबाट कुनै पनि एयरलाइन्सले सीधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिटमार्फत यात्रु ल्याउन नपाउने निर्देशन दिएको प्राधिकरणका उडान अनुमति शाखाका निमित्त प्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिए । प्राधिकरणको यो निर्णय बुधबार राति १२ बजेबाट लागू हुने निमित्त प्रबन्धक भुलले बताए ।
