ई–आर्थिक, काठमाडौं । काठमाडौको दरवारमार्गस्थित वान वे ए के होटेल एण्ड लाउञ्ज रेष्टुरेन्टबाट आठ जना जुवाडे पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त दरवारमार्गले सो होटलबाट जुवा खेलिरहेको अवस्थामा दुई महिलासहित ८ जना जुवाडे पक्राउ गरेको हो ।
बिहीबार राति सो रेष्टुरेन्टबाट ५ लाख १८ हजार नगद, केही चेकसहित जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा प्रकाश लामा, अजय लामा, सुमन घिमिरे, कल्याण कार्की, सूर्य लामा, कमल ज्ञवालीसहित रञ्जना ढकाल र ओममाया गुरुङ रहेका छन्। वान वेएके होटेल एण्ड लाउञ्ज बारका मालिक प्रकाश लामाले जुवा खेलाएको प्रहरीको दाबी छ।
जुवा खेलाउने दिनेश लामासहित ७ जना फरार रहेको प्रहरीको दावी छ । उनीहरुलाई जुवा ऐन अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ।