२०८३ साउन ९ शनिबार

पेट्रोलिय पदार्थको मूल्य बढ्यो, पेट्रोलको प्रतिलिटर १ सय ८ र डिजेल र मट्टितेलको ९१ रुपैयाँ कायम

ई आर्थिक    आइतबार, मंसिर २८ २०७७
4.8K
Shares
पेट्रोलिय पदार्थको मूल्य बढ्यो,  पेट्रोलको प्रतिलिटर १ सय ८ र डिजेल र मट्टितेलको ९१ रुपैयाँ कायम

ई–आर्थिक, काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । बृद्धि भएको नयाँ खुद्रा बिक्री मूल्य अनुसार पेट्रोलको प्रतिलिटर १ सय ८ र डिजेल र मट्टितेलको ९१ रुपैयाँ कायम गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

निगमका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत राखिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बरमा प्राप्त खरिद बृद्धि भएको पेट्रोलियम पदार्थको मूल्यअनुसार नै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको निगमको विज्ञप्तिमा उल्लेख छ ।

पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि तथा निगमको शनिबारको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij