बेइजिङ : चीनले वास्तविक सूर्यले जस्तै स्वच्छ उर्जाको स्रोत उपलव्ध गराउने कृत्रिम सूर्य बनाउन लागेको पिपुल्स डेलीले जनाएको छ । यो कृत्रिम सूर्य पहिलो पटक परमाणु फ्यूजनको रियाक्टरबाट बनाउन लागिएको हो ।
यो कृतिम सूर्य चीनकै ठूलो र अत्याधुनिक परमाणु फ्यूजन अनुसन्धान केन्द्र एचएल २–एम टोकाम्याकले बनाउन लागेको हो ।
यो अनुसन्धान केन्द्र दक्षिण–पश्चिम सिचुआना प्रान्तमा अवस्थित छ । यसले दिने व्यापक ताप र उर्जाका कारणनै यसलाई कृत्रिम सूर्य भनिएको हो । यो सूर्यबाट १५ करोड डिग्री सेल्सियस तापक्रम निक्लन्छ ।
“परमाणु फ्यूजन उर्जाको विकासले चीनको रणनीतिक उर्जा आवश्यकतालाई पूर्ति गर्दैन, यसले चीनको भावि दिगो उर्जा र राष्ट्रिय अर्थतन्त्रको विकासमा पनि टेवा दिन्छ,” पिपुल्स डेलीले उल्लेख गरेको छ । एजेन्सी