२०८३ साउन ११ सोमबार

ओली तीब्र दबाबमा, बाँकी कार्यकाल प्रधानमन्त्रीको सुनिश्चितता गरे अध्यक्ष छोड्न सक्ने संकेत

ई आर्थिक    सोमबार, मंसिर २२ २०७७
13.4K
Shares
ओली तीब्र दबाबमा, बाँकी कार्यकाल प्रधानमन्त्रीको सुनिश्चितता गरे अध्यक्ष छोड्न सक्ने संकेत

ई–आर्थिक, काठमाडौं । आफ्नो अनुपस्थितिमा पनि स्थायी समितिको बैठक सुचारुरुपले अघि बढेपछि नेकपाका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तीब्र दबाबको महसुस गरेका छन् । आफैले ‘आरेपपत्र’ करार गरेको कार्यकारी अध्यक्षको प्रतिबेदन सचिबालयबाट पास भएर एजेण्डाका रुपमा स्थायी समितिमा छलफल सुरु भएपछि अध्यक्ष ओलीमा निकै ठूलो बेचैनी बढेको देखिन्छ ।

प्रचण्डको प्रतिबेदनमाथिको छलफलमा भाग लिन नैतिक संकट उत्पन्न भएपछि आफूनिकट नेताहरुलाई बैठकमा पठाएर पत्रमार्फत उपस्थिति जनाएका ओलीले आइतबारबाट अब कसरी अघि बढ्ने भन्ने बारेमा परामर्श सुरु गरेका छन् ।

४४ सदस्यीय स्थायी समितिमा समेत निकै ठूलो अन्तरले अल्पमतमा रहेका ओली प्रचण्डको प्रतिबेदन स्थायी समितिभन्दा तल पठाउनबाट रोक्न चाहन्छन् । स्थायी समितिले समेत अंक गणितका आधारमा उक्त प्रतिबेदन पास गरेर केन्द्रीय कमिटि गए आफू झन कमजोर हुने ओलीको बुझाई छ । नेत्तृत्वदायी कमिटिबाट लगातार प्रतिबेदन पास हुदा त्यसले संस्थागत दस्ताबेजीकरणको मान्यता प्राप्त गर्ने हुदा ओलीले त्यसलाई स्थायी समितिबाटै टुंगोमा पु¥याउने प्रयत्न गरेको नेताहरु बताउँछन् । यसका लागि स्थायी समितिबाट उक्त प्रतिबेदन फिर्ता गराउने ओलीको प्रयास रहेको नेताहरुको भनाई छ । स्थायी समितिले दुबै प्रतिबेदन फिर्ता गरिदिएर साझा प्रतिबेदन बनाउन निर्देशन देओस भन्ने ओलीको चाहना रहेको देखिन्छ ।

यसै उद्देश्यका लागि ओलीले आफू बैठकमा उपस्थित नहुने तर आफूनिकट नेताहरुलाई सक्रिय सहभागिताका लागि निर्देशन दिएका छन् । आफ्नो को उपस्थितिबिना नै प्रतिबेदन फिर्ता गरेर फेस सेभिङ गर्ने ओलीको योजना रहेको देखिन्छ । यसका लागि ओलीनिकट नेताहरुले पहलकदमी सुरु गरिसकेका छन् । स्थायी समिति सदस्य शंकर पोखरेल, प्रदिप ज्ञवाली, बिष्णु रिमाल, पृथ्बी सुब्बा गुरुङलगायतका नेताहरुले आइतबारदेखि नै प्रचण्ड र माधब नेपालनिकट स्थायी समिति सदस्यहरुसँग छलफल अघि बढाएका छन् । उनीहरुले पार्टी फुटको त्रास देखाउँदै त्यसलाई रोक्ने हो भने दुबै अध्यक्षको प्रतिबेदन फिर्ता गरेर साझा प्रतिबेदन बनाउन भूमिका खेल्नु पर्ने लबिङ गरेका छन् ।

माधबनिकट स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त स्वास्थ्यका कारण केही दिन घरमै आराम गरिरहेकाले उनीहरुको अनुपस्थितिलाई अबसरमा बदल्न सकिन्छ कि भनेर ओलीनिकट नेताहरुले सक्रियता बढाएको बताइन्छ ।

उता ओलीले पनि आफ्नो सक्रिया बढाएका छन् । माधब नेपाल, प्रचण्ड र बामदेबलाई बिभिन्न च्यानल प्रयोग गरेर ओलीले बिभिन्न खाले प्रस्ताब पुनः अघि बढाएका छन् । यस क्रममा प्रचण्ड र माधब नेपाललाई एउटै प्रस्ताब पठाइएको छ । उनीहरुलाई भाबी अध्यक्ष र प्रधानमन्त्रीका लागि सुनिश्चित गरिदिने प्रस्ताब पुग्न थालेको छ । यो बिगतकै प्रस्ताब भए पनि अहिले ओलीले अलि फरकढंगले प्रस्तुत गरेका छन् । अहिलेको प्रस्ताबप्रति प्रचण्ड वा माधब नेपालले अबिश्वास नगरुन भनेर दुबै पक्षबाट अतिनिकट दश–दश जना नेताहरुलाई साक्षी राखेर सहमतिमा हस्ताक्षर गर्ने भनिएको छ ।

अझ थप बिश्वस्त पार्न आफ्नो पक्षबाट राष्ट्रपति बिद्यादेबी भण्डारीलाई समेत साक्षी राखिदिने ओलीले प्रस्ताब गरेका छन् । यसमा प्रचण्ड वा नेपालले अध्यक्ष बन्न आगामी महाधिबेशनसम्म कुर्नु पर्ने छ । आगामी जेठ महिनाभित्र पार्टीको महाधिबेशन गरेर सहमतिअनुसार अध्यक्ष बनाउन आफू प्रस्ताबक हुने ओलीको भनाई छ । जसले यो प्रस्ताब मान्छ, उसको चाहनामा अहिले नै केही मुख्यमन्त्री परिबर्तन गरिदिने, संघका केही मन्त्रीहरु पनि फेरबदल गरिदिने तथा पार्टीका जिम्मेवारीमा पनि फेरबदल गर्ने ओलीको प्रस्ताब छ ।

यो अस्त्र पनि काम नलागे ओलीले पार्टी अध्यक्ष पद छोड्ने सोच बनाएको स्रोतको दाबी छ । स्रोतका अनुसार ओली अहिले नै अध्यक्ष छोड्न तयार छन् । तर अध्यक्ष छाड्दा प्रधानमन्त्रीको पद असुरक्षित हुने भयले उनलाई सताएको छ । ओलीको मूल ध्यान प्रधानमन्त्रीमा रहेको देखिएको स्रोत बताउँछ । प्रधानमन्त्रीको सुनिश्चितता हुने हो भने उनी अध्यक्ष पद त्याग गर्ने मनस्थितिमा पुगेको बताईको छ ।

अहिले अध्यक्ष छाड्दा केही महिनापछि फेरि प्रचण्ड र माधब नेपालले बखेडा झिकी प्रधानमन्त्रीबाट फिर्ता बोलाउन सक्ने आशंकाले मात्र उनी अध्यक्ष पदप्रतिको आशक्तिमा रहेको स्रोतको दाबी छ । पछिल्लो पटक उनी कमजोर बन्दै गएकाले अध्यक्ष पद त्यागेर बाँकी कार्यकाल प्रधानमन्त्री कसरी सुरक्षित गर्न सकिन्छ भनेर परामर्श गर्न थालेको बताइएको छ ।

अध्यक्ष पद त्याग गर्नका लागि उनले नयाँ प्रस्ताब तयार गरेर प्रचण्ड र माधब नेपालसँग छुट्टा छुट्टै छलफल गराउन थालेको स्रोतको भनाई छ । नयाँ प्रस्ताबमा सचिबालयको संख्या बृद्धि गर्ने शर्त रहेको छ । सचिबालयको अहिलेको संख्याा बढाएर २१ वा २५ बनाउने र आफूलाई बहुमत दिनुपर्ने ओलीको प्रस्ताब छ । सचिबालयमा बहुमत भए अध्यक्ष छोडे पनि आफूलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउन पार्टीले िनसक्ने कुरामा ओलीले ध्यान केन्द्रित गराएका छन् ।

ओलीले आफ्नोतर्फबाट सचिबालय सदस्य थप गर्दा भानुभक्त ढकाल, खगराज अधिकारी, पृथ्वी सुब्बा गुरुङ, कानुनमन्त्री शिबमाया तुम्बाहाम्फे सत्यनारायण मण्डलको नाम प्रस्ताब गरेको स्रोत बताउँछ । तर प्रचण्ड र माधब नेपाल उल्लेखित नामप्रति ठाडै अस्वीकार गरेको स्रोतको दाबी छ । सचिबालयमा लैजादा एउटा मान्य बिधि बनाउनु पर्ने प्रचण्ड–माधबको भनाई छ । त्यो भनेको बिगतमा नेकपा एमाले र माओबादी केन्द्रको पदाधिकारी भएका वा स्थायी समितिमा रहेर काम गरेको हुनुपर्ने उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij