महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल, जिल्ला नगर वाणिज्य उपाध्यक्ष दिनेश श्रेष्ठ, बस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई विजयी भए
ई–आर्थिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रसाद ढकालले जित हासिल गरेका छन् । आफ्ना प्रतिद्वन्दी किशोर प्रधानलाई पराजित गर्दै उनले जित हासिल गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभासँगै भएको निर्वाचनबाट उनी विजय भएका हुन । यो सँगै महासंघमा उनी शेखर गोल्छापछिका अध्यक्ष हुनेछन् । महासंघका वर्तमान अध्यक्ष भवानी राणाको कार्यकाल आजदेखि सकिएको छ भने महासंघको अध्यक्षमा आजदेखि भने शेखर गोल्छाले सम्हाल्ने छन् ।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५२२ मत ल्याए भने प्रधानले ३७५ मत ल्याएका थिए । त्यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत ल्याए भने प्रधानले ३९ मत ल्याएका थिए । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ५२ मत ढकाल र ५३ मत प्रधानले प्राप्त गरेरका थिए ।
त्यस्तै महासंघको जिल्ला नगर वाणिज्य संघ तर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै बस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी एसोसिएट उपाध्यक्षमा किशोर प्रधान प्यानलका श्रेष्ठले चन्द्र ढकाल प्यानलका गुणनिधि तिवारीलाई पराजित गरेका हुन्। कूल १०५ मत खसेकोमा श्रेष्ठले ५८ मत प्राप्त गरेका थिए भने तिवारीले ४७ मत पाएका थिए। देशभरका जिल्ला तथा नगर वाणिज्य संघबाट एक मताधिकार प्रयोग हुने यो निर्वाचनमाबाट १८ जना कार्यकारिणी समिति सदस्य पनि निर्वाचित भएका छन् ।
महासंघको निर्वाचन समितिका अनुसार राजन श्रेष्ठ,तारानाथ घिमिरे,कमलकुमार श्रेष्ठ,चक्रबहादुर अधिकारी, अरुनराज सुमार्गी, देवकुमार श्रेष्ठ, कवीरकुमार श्रेष्ठ, कमानबहादुर खड्का, डिबी बस्नेत, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजृन्द भगत, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य विजयी भएका छन्। जिल्ला नगर तर्फ १८ जना सदस्य र एकजना उपाध्यक्ष निर्वाचित हुने विधानको व्यवस्था रहेको छ।
महासंघको वस्तुगत संघ तर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्। किशोर प्रधान प्यानलका अन्जन श्रेष्ठले ६२ मत ल्याएर चन्द्र ढकाल प्यानलका उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन्। विभिन्न १०१ वस्तुगत संघको मताधिकार हुने यो समूहबाट १४ जना कार्यकारिणी समिति सदस्यमा दुई प्यानलबाट ७ ७ जना निर्वाचित भएका छन्।
निर्वाचित समितिकाअनुसार वस्तुगत तर्फबाट नरेशलाल श्रेष्ठ,मनिषलाल प्रधान,मीनमान श्रेष्ठ, अरनीको राजभण्डारी,आकाश अधिकारी,सुवोधकुमार गुप्ता, सन्दिपकुमार अग्रवाल, सकुन्तलाल हिराचन, विष्णु गैरे, आकाश अधिकारी, गोविन्द ढुंगेल, सुमित केडिया, हेमराज ढकाल, भक्तबहादुर हमाल, प्रकाशसिंह कार्की निर्वाचित भएका छन् ।
प्रत्येक प्रदेशबाट एकजना कार्यकारिणी समिति सदस्य निर्वाचित हुने विधानको व्यवस्थाअनुसार सातजना सदस्य निर्वाचित भएका छन् । यसमध्ये प्रदेश १ बाट यसअघि नै राजेन्द्र राउत निर्विरोध निर्वाचित भइसकेका छन् ।
शनिबार भएको निर्वाचनबाट प्रदेश २ बाट विजयकुमार शाह, बाबुराम गिरी, लुम्बिनीबाट शम्शेर मिया,कर्णालीबाट लालिमान बुढा र सुदूरपश्चिमबाट पुष्पराज कुमार निर्वाचित भएका छन् । महासंघका संस्थापक सदस्यहरुबाट दामु अधिकारी निर्वाचित भएका छन् भने द्विराष्ट्रियबाट सन्दिप अग्रवाल निर्विरोध भइसकेका छन्।
महासंघको एशोसिएट तर्फको उपाध्यक्षमा भने चन्द्र ढकाल प्यानलका रामचन्द्र संघई विजयी भएका छन्। संघईले प्रधान प्यानलका सौरभ ज्योतिलाई पराजित गरेका हुन् । कुल ८९० मत मात्रै खसेकोमा विजयी संघाइले ४५५ मत र ज्योतीले ४३४ मत ल्याएका छन् ।
कूल १९ सदस्य निर्वाचित हुने कार्यकारिणी समिति सदस्यमाभने अधिकांस प्रधान प्यानलबाट निर्वाचित भएका छन्। १९ मध्ये सात जना दुबै प्यानलमा रहेकाहरु निर्वाचित भएका छन् । प्रबलजंग पाण्डे, अम्बिका पौडेल, ज्योत्सेना श्रेष्ठ, शैलेन्द्र गुरागाईं, गोपाल खनाल, साहिल अग्रवाल निर्वाचित भएका छन् ।