२०८३ साउन ९ शनिबार

दुई स्थानमा आगलागीबाट ६८ लाखको क्षति

ई आर्थिक    सोमबार, मंसिर १ २०७७
5.5K
Shares
दुई स्थानमा आगलागीबाट ६८ लाखको क्षति

मोरङ । तिहारका अवसरमा लक्ष्मीपूजा गर्ने क्रममा लापरवाहीपूर्वक दियो बाल्नाले विराटनगरका दुई पसलमा आगलागी हुँदा रु ६८ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर–१०, ट्राफिक चोकका दिनेश अग्रवालको फेन्सी पसलमामा शनिबार राति आगलागी हुँदा सटरभित्र रहका फेन्सी तयारी कपडा, फर्निचरसहित करिब ६० लाखका सामान जलेर नष्ट भएको छ ।

यसैगरी विराटनगर–९ बसपार्क नजिक अभय अर्यालको बारीमा बाँस र टिनको छानो भएको सिरक डस्ना बनाउने घरमा शनिबार राति आगलागी हुँदा रु आठ लाख बराबरको समाग्री जलेर नष्ट भएको छ । यस किसिमका दुर्घटना रोक्न सचेत भइ पूजा गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij