ई–आर्थिक, काठमाडौं । दैंशैको विदामा जस्तै तिहारको सार्वजानिक विदामा बैंकका शाखा नखुल्ने भएका छन् । बैंकहरुले कर्मचारीहरुमा कोभिड–१९ को संक्रमण बढ्दै गएकाले कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म शाखा बन्द गर्ने निर्णय गरेका हुन् ।
सार्वजनिक विदामा समेत सीमित शाखा खोलेर सेवा दिने बैंकहरुले कोभिड महामारीका कारण ३६५ दिने सेवा र सन्ध्याकालीन काउन्टर समेत बन्द गर्दै गर्ने भएका हुन ।
बैंकहरुका अनुसार हालसम्म बैंकहरुका ६ हजार भन्दा बढी कर्मचारीलाई कोभिड संक्रमण भइसकेको छ ।
नेपाल बैंकर्स संघले मंगलबार सूचना प्रकाशित गरी शाखाहरु बन्द हुने भएकाले डिजिटल कारोबार गर्न भनेका छन् । बैंक बन्द भएपनि एटिएमलगायतका डिजिटल बैंकिङ सेवा भने सुचारु रहने संघले जानकारी दिएको छ ।
कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकत्तम प्रयोग गर्न समेत सर्वसाधारणलाई संघले आग्रह गरेको छ ।