२०८३ साउन १२ मंगलबार

स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा सन्तोष मैनाली चुनिए

ई आर्थिक    आइतबार, कार्तिक २३ २०७७
7.8K
Shares
स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा सन्तोष मैनाली चुनिए

ई–आर्थिक, काठमाडौं । नेपाल स्टक ब्रोकर एशोसिएसनको नयाँ कार्यसमितिलेको अध्यक्षमा सन्तोष मैनाली चुनिएका छन् ।

एसोसिएसनको २६औं वार्षिक साधारणसभाले अध्यक्षमा मैनालीलाई चुनेको हो । मैनाली सेक्योक्योर्ड सेक्युरिटका संचालक हुन् । संघले यसपटक अध्यक्षमा निर्बिरोध चयन गरेको छ ।

सो सभाले उपाध्यक्षमा धर्मराज सापकोटा, महासचिवमा गुणनिधि भुसाल, सचिवमा रणदेव पन्त, कोषाध्यक्षमा भक्तिराम घिमिरे सर्वसम्मत भएका छन् । सदस्यहरुमा रवीन्द्र श्रेष्ठ, फणिन्द्र ढकाल, सुयोग अधिकारी, मित्रलाल श्रेष्ठ र मदन पौडेल चयन भएका छन् ।
कार्यसमितिमा अध्यक्ष सहित ६ जना नयाँ छन् भने चार जना कार्यसमितिमा रहिसकेका व्यक्ति हुन् ।

एशोसिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाटको कार्यकाल असोज १२ गते सकिएको थियो । निर्वाचित नयाँ टिमले शुक्रबारदेखि नै कार्यभार सम्हालिसकेको एसोसिएसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij