२०८३ साउन ९ शनिबार

पर्सा मालपोत रातिमा संचालन गर्ने १३ कर्मचारीसहित ८ बिचौलिया पक्राउ

ई आर्थिक    शनिबार, कार्तिक १ २०७७
3.7K
Shares
पर्सा मालपोत रातिमा संचालन गर्ने १३ कर्मचारीसहित ८ बिचौलिया पक्राउ

रितेश त्रिपाठी, वीरगन्ज : कार्यालय समयपछि गोप्यरुपमा पर्सा जिल्ला मालपोत कार्यालयमा पसेका त्यहाँका कार्यालय प्रमुखसहित १३ जना कर्मचारी र ८ जना बिचौलिया गरी २१ जनालाई जिल्ला प्रशासन कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको छ। बिना बिभागीय स्विकृति कार्यालय समय बाहेक र कार्यालयभन्दा बाहिरका मान्छेहरुलाई समेत भित्र पसाएर कर्मचारीहरुले केही गतिबिधी गर्न थालेको सूचना पाएपछि मालपोत कार्यालयमा छापा मारेर सबैलाई नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले बताए ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा र प्रशासकीय अधिकृत बिनय श्रीवास्तव, प्रहरी निरीक्षक राजेशराज पुरीसहितको टोलीले छापामारी गरेको उनले जनाए ।

‘हामी राति करिब ९ बजे पुग्दा कार्यालयको फाँटहरु खोलेर मानिसहरु भित्र केही फाइलहरु केलाईरहेका थिए, उनीहरु प्रहरीसहितको टोली देखेर अतालिए, एकछिन हडकम्पजस्तै भयो,’ वडा प्रहरी कार्यालय वीर्ताका इन्चार्ज रहेका प्रहरी निरीक्षक पुरीले भने, ‘हामीसंग प्रहरी फोर्स ७ जना मात्र थिए, तर त्यहीँनिर २ वटा कोठामा त्यहाँ भएका मानिसहरुलाई रोकेर नियन्त्रणमा लिन सफल भएका थियौं।’ छापा मार्दा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख सुमनकुमार झा पनि त्यही नै थिए। उनीसहित १३ जना कर्मचारी र बाँकी ८ जना कार्यालय बाहिरका ब्यक्तिहरु भएको फेला परेको थियो । सुरुमा नाम, परिचय र अन्य विवरण लिने काम भयो पछि पक्राउ गरेर ल्याइयो ।

मानिसहरुको सम्पतीको दस्तावेज भएको कार्यालयमा कर्मचारी आफै कार्यालय समय बाहेक पस्नु बाहिरका मानिसहरु पनि पसाउनु शंकास्पद भएको र सबैलाई सोही कार्यालयमैं नियन्त्रणमा लिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिएका छन्। पक्राउ पर्नेमा झासहित अन्य १३ जना कर्मचारीको बयान लिइएको र बिभागीय कारवाही तथा थप अनुसन्धानको सिफारिस गरी पठाईएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले नागरिकलाई बताए ।

त्यस्तै पक्राउ परेका बाहिरी ब्यक्तिहरु धर्मेन्द्र साह, रमेश यादव, लेखमानकुमार यादव, ज्ञानेन्द्रप्रसाद यादव, वीरेन्द्रकुमार साह, राजेन्द्रप्रसाद चौधरी, विजय विक्रम शाह र रवि भुषणप्रसाद पटेल उपर अनुसन्धान भइरहेको उनले जनाए । नागरिकबाट  

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij