ई–आर्थिक, काठमाडौं । नवनियुक्त तीनै जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ लिने मन्त्रीहरुमा विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठ रहेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले ती मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार ती मन्त्रीहरुलाई सिफारिस गरेका थिए । नवनियुक्त मन्त्री मध्ये विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।