२०८३ साउन ९ शनिबार

दशैंको मुखमै नियुक्ति गरिए महत्वपूर्ण ६ निकायमा पदाधिकारीहरु, केहीमात्रमा भएपनि राज्यलाई व्ययभार बढ्ने

ई आर्थिक    सोमबार, असोज २६ २०७७
9.3K
Shares
दशैंको मुखमै नियुक्ति गरिए महत्वपूर्ण ६ निकायमा पदाधिकारीहरु, केहीमात्रमा भएपनि राज्यलाई व्ययभार बढ्ने

ई–आर्थिक, काठमाडौं । दशैंको मुखैमा सरकारले महत्वपूर्ण विभिन्न ६ निकायका पदाधिकारीहरु नियुक्ती गरेको छ । जसमा नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा डिमप्रकाश (प्रकाश) पौडेल, लुम्बिनी विकास परिषदको सदस्य सचिव पदमा काडमाडौं महानगरपालिका वडा नम्बर २१ का सानुराजा शाक्य रहेका छन् ।

त्यसैगरी कीटजन्य रोग तथा अनुसन्धान तथा तालिम विकास परिषदको अध्यक्षमा डा. वशिष्टप्रसाद रिजाल, सिंहदरबार वैद्यखानाको अध्यक्षमा डा. बाबुराजा अमात्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले औषधी परामर्श परिषदमा संघरत्न बज्राचार्य, बाबुराम हुमागाई र दीपकप्रसाद दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ भने राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्रका अध्यक्षमा डा. देवबहादुर रोका क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

असोज २२ गते बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

दशैंको मुखैमा नियुक्ती पाएकाहरुले दशैं खर्च समेत पाउने भएकाले सरकारले राज्यलाई बेमौसममा बाजा बजाएर बोझ थपेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij