ई–आर्थिक, काठमाडौं । विश्वका शक्तिशाली व्यक्तिहरुमा समेत धमाधम कोरोना भाइरस संक्रमण देखिन थालेको छ । यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ । ट्रम्पसँगै उनकी पत्नी मेलानिया पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएकी छिन्।
उक्त कुराको जानकारी ट्रम्पले ट्वीट गर्दै दिएका हुन् । आफूहरुले तत्कालै क्वारेन्टाइनमा बस्न सुरु गरिसकेको र संक्रमणबाट चाँडै निको हुने समेत उनले जानकारी दिएका छन् ।