ई–आर्थिक, काठमाडौं । दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने भएको छ । सरकारले उडान गर्ने निर्णय गरेसँगै ती मुलुकमा नियमित उडान हुने भएको हो । यसअघि चार्टर्ड उडान मात्र भइरहेको ती मुलुकहरुमा अब नियमित उडान नै हुने भएपछि विशेषगरी नेपाली कामदारहरुलाई ओहोरदोहोर गर्न सजिलो हुने भएका छन् । ती मुलुकहरुको लागि अक्टोबर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका समेत सार्वजानिक गरेकोे छ ।
यसअघि सेप्टेम्बर महिनाको लागि मात्र उडान तालिका सार्वजनिक गरेर सरकारले उडानको बातावरण मिलाएसँगै एयरलाइन्सहरुले उडान भरिरहेका छन् । सेप्टेम्बरको तुलनामा उडान सख्या थप गरिएको नागरिक उडड्यन प्राधिकरणले जानकारी दिएको छ । अहिले भइरहेका गन्तब्यमा नियमित उडान हुने पनि प्राधिकरणको भनाई छ ।
असोज १५ गतेदेखि अर्थात १ अक्टोवर देखि उडान सुरु हुने भएको छ । यसकालागि तालिका समेत तय भइसकेको छ । तालिका अनुसार २५ दिनका लागि सातामा कुल औसत १ सय ९ वटा उडान हुनेछ ।
त्यस्तै दैनिक १३ देखि १५ उडानले अक्टोवरका लागि उडान अनुमति दिइएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । उक्त देश मध्ये दोहामा नेपाल एयरलाइन्सका न्यारो र वाइडबडी जहाज र हिमालय एयरलाइन्सले उडान गर्नेछन् ।
त्यसैगरी कुवेतका लागि भने जजिरा एयरवेज उडान भर्नेछ भने रियादबाट हिमालय एयरलाइन्सले उडान गर्नेछ ।