२०८३ साउन ९ शनिबार

संक्रमण उच्च विन्दुमा पुग्दै गर्दा उपत्यकाका बजार खुले, चिकित्सकहरु भन्छन्– ‘सरकारले हात उठाएको बेला आफू सचेत हुनुपर्छ’

ई आर्थिक    बिहिबार, असोज १ २०७७
5.7K
Shares
संक्रमण उच्च विन्दुमा पुग्दै गर्दा उपत्यकाका बजार खुले, चिकित्सकहरु भन्छन्– ‘सरकारले हात उठाएको बेला आफू सचेत हुनुपर्छ’

ई–आर्थिक, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण उच्च विन्दुमा पुग्दै गर्दा लगभग सबै बजार र व्यापार व्यवसाय खुल्ला भएको छ । जोखिम बढिरहेको बेला बजार खुले पछि चिकित्सकहरु समेत सरकारको निर्णयबाट डराएका छन् । पछिल्लो समय ५०० को हाराहारीमा दैनिक बढिरहेको कोरोनाको संख्या सरकारले बजार खोल्न दिने निर्णय गरेकै दिन तीन जिल्लामा ७३७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

हिजो बुधबार ३१ गते मात्र २४ घण्टा भित्र काठमाडौं उपत्यकाका तीन जिल्लामा ७३७ जना कोरोनाका संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
७३७ मध्ये काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयको भनाई छ ।

जसमा २१६ महिला र ४३६ पुरुष, ललितपुरमा २४ महिला र ३६ पुरुष र भक्तपुरमा १३ महिला र १२ पुरुष सङ्क्रमितको पुष्टि भएको छ । यस्तो तथ्यांक आइरहेको अवस्थामा बजार खोल्नु भनेको जोखिमको संभावना बढ्नु रहेको चिकित्सक डा. सन्तोष कटुवालले जानकारी दिए । सरकारले हात उठाएको बेलामा व्यक्ति आफैं सचेत हुने समय आएको उनको भनाई छ ।

अर्का चिकित्सक डा. गौतम चौधरी पनि यस्तो बेलामा सचेत नभए सर्वसाधारणलाई ठूलै विपत्ति आइलाग्न पनि सक्ने बताउँछन् । कोरोना भाइरसलाई आम सर्वसाधारणले सामान्य रुपमा लिने थालेकाले महामारी यो रोग फैलिने डर बढेर गएको उनको भनाई छ । यो महामारी बास्तवमै डरलाग्दै रोग भएकाले यसलाई सामान्य रुपमा नलिन समेत उनले आम नेपालीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij