ई-आर्थिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई आइसीयूमा भर्ना गरिएको छ । कोरोना संक्रमणको गंभीर लक्षणदेखा परेपछि उनलाई आइसीयूमा भर्ना गरिएको हो ।
केही दिन अघि कोरोना संक्रमण पुष्टि भए पछि होम आइसोलेशनमा बसेका कोइरालालाई निमोनिया देखिए पछि काठमाडौं चावहिलस्थित ऊँ अस्पतालमा भर्ना गरिएको जनाईएको छ । उनलाई डा.विश्वनाथ कोइरालाको टोलीले उपचार गरिरहेको र स्वास्थ्य अबस्था स्थिर रहेको बताइएको छ ।
