२०८३ साउन ९ शनिबार

अध्यागमनबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानी सेवा पुन सञ्चालन

ई आर्थिक    आइतबार, भाद्र २८ २०७७
16.1K
Shares
अध्यागमनबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानी सेवा पुन सञ्चालन

काठमाडौंँ,भदौ २८ गते।अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा आजदेखि शुरु भएको हो ।
राहदानी सेवा पुनः सञ्चालन गरेसँगै विभागले गत चैत ८ गतेसम्म राहदानी नियमित भएका विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान शुरु भएको मितिले १५ दिनभित्र स्वदेश फर्कने भएमा निःशुल्क राहदानी प्रदान गरिने जनाइएको छ ।

विभागको अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र सिमानाका अध्यागमन कार्यालयबाट निःशुल्क राहदानी नियमित गरी प्रस्थान गराइने विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार चैत ८ गतेसम्म पर्यटक राहदानी नियमित भएका तथा विभिन्न कारणले उडान सञ्चालन भए तापनि आफ्नो मुलुक फिर्ता हुन सक्ने विदेशी मङ्सिर मसान्तसम्म नियमानुसार राहदानी शुल्क लिएर पर्यटक राहदानी नियमित गर्ने तयारी भएको छ ।

पर्यटक राहदानी वा अन्य राहदानी रुपान्तरण गर्न चाहनेहरुले १५ दिनभित्र जरिवाना शुल्क र विलम्ब शुल्क नलिई निःशुल्क राहदानी नवीकरण हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार चैत ८ गतेसम्म पर्यटक राहदानी नियमित भएका पर्यटकले पाँच महिनाका अवधिसम्म गत चैत ८ देखि साउन ३० गतेसम्म १५० दिन निःशुल्क राहदानी बसे तापनि साउन ३० गतेपछि मङ्सिरसम्म शुल्क तिरेर सेवा नियमित गर्न सक्नेछन् ।

अध्यागमन विभाग कालिकास्थानबाट मात्र हुँदै आएको गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता राहदानी अब झापा र पोखराबाट समेत वितरण हुने भएको छ । अध्यागमन कार्यालय काँकारभिट्टा झापा र पोखरा कास्कीबाट राहदानी तथा नवीकरणसम्बन्धी सेवा प्रवाह हुने निर्देशक तिवारीले जनाकारी दिनुभयो । उहाँका अनुसार सीमित मात्रामा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन भएसँगै केही कर्मचारीबाट दैनिक सेवा प्रवाह भइरहेको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij