२०८३ साउन ९ शनिबार

अमेरिकाद्वारा एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द

ई आर्थिक    बिहिबार, भाद्र २५ २०७७
11.7K
Shares
अमेरिकाद्वारा एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द

वासिङ्टन, भदौ २५ गते। अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शङ्कास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो ।

विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको आदेशबमोजिम सेप्टेम्बर ८, २०२० सम्ममा एक हजारभन्दा बढीको भिसा रद्द गरिएको जानकारी दिए । यद्यपि संयुक्तराज्य अमेरिकामा अध्ययन र अनुसन्धानको अनुमति प्राप्त गरेका कुल चिनियाँ विद्यार्थीको अनुपातमा भिसा रद्द गरिएको यो सङ्ख्या निकै कम हो ।

चीनको सेनासँग निकट सम्बन्ध रहेका चिनियाँ स्नातक विद्यार्थी र अनुसन्धाताहरूको अमेरिका प्रवेशमा कडाइ गर्नेगरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

-रासस / एएनआई

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij