२०८३ साउन ९ शनिबार

आजदेखि विहीबारसम्म बैंकका सबै शाखा खोल्न निर्देशन, राजश्व संकलनका मूख्य लक्ष्य

ई आर्थिक    मंगलबार, भाद्र २३ २०७७
8.2K
Shares
आजदेखि विहीबारसम्म बैंकका सबै शाखा खोल्न निर्देशन, राजश्व संकलनका मूख्य लक्ष्य

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारदेखि बिहीबारसम्म राजश्व संकलन गर्ने सबै शाखा तथा काउन्टरहरु खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । भ्याटलगायतका राजश्व बुझाउने म्याद भदौ २५ भएकाले भिड कम गर्नका लागि सबै शाखा खोल्न निर्देशन दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंकहरुका राजश्व संकलन गर्ने शाखा तथा काउन्टर, चेक क्लियरिङ गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस विहीबारसम्म खुल्ला गर्न निर्देशन दिएको हो ।

थोरै खुलेका शाखाहरुमा सर्वसाधारणको भीड हुने गरेको छ ।कोभिड–१९ को संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेसँगै बैंकहरुले सिमित शाखा मात्र संचालन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij