ई-आर्थिक, काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेड र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीबीच पीसीआर परीक्षणका साथै अन्य स्वास्थ्य सेवामा छुट दिने सम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरे ।
उक्त सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याबोरेटोरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् ।
सम्झौताअनुसार बैंकका डेबिट कार्ड तथा मोवाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५%, र कोभिड–१९को संक्रमण परिक्षण (पीसीआर टेष्ट)मा अधिकतम १५%आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
देशका १०२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।