ई-आर्थिक, काठमाडौं। साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा तीन सय रुपियाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको तोलाको ९६ हजार एक सय रुपियाँमा कारोबार भएको हो । त्यस्तै, तेजाबी सुनको प्रतितोलाको ९५ हजार छ सय रुपियाँ रहेको छ । शुक्रबार छापावाल सुन प्रतितोलाको ९६ हजार चार सय रुपियाँ रहेको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९५ हजार नाै सय रुपियाँ कायम भएको थियो ।
त्यसैगरी, आज चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँ पुगेको छ ।