२०८३ साउन ९ शनिबार

सामुदायिक वनमा अध्यक्ष र सचिवको मनोमानीले वन मासिदै, कारबाहीको माग गर्दै उपभोक्ता पुगे अख्तियार र डिभिजन वन

ई आर्थिक    आइतबार, भाद्र २१ २०७७
9.2K
Shares
सामुदायिक वनमा अध्यक्ष र सचिवको मनोमानीले वन मासिदै, कारबाहीको माग गर्दै उपभोक्ता पुगे अख्तियार र डिभिजन वन

ई-आर्थिक, काठमाडौं। उदयपुरको चौदण्डीगढी नगरपालिका ६ र ९ नम्बर वडाको बीचमा पर्ने थानपोखरी सामुदायिक वन उपभोक्ता समूहका अगुवा पदाधिकारीको स्थार्थका कारण बन मासिदै गएको स्थानीयबासीले आरोप लगाएका छन् ।

बन मास्ने कार्य रोक्न र उनीहरुलाई आवश्यक कारवाहीको माग गर्दै स्थानीयहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग र डिभिजन बन कार्यालयमा पुगेका छन् । अवैध रुपमा रुख ढालेको भन्दै झण्डै ४ दर्जन स्थानीय वन उपभोक्ताहरुले सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

लगत र छपान आदेश नलिई साँखु, साज र जामुनका ठूल्ठूला रुख ढालेर बेच्न खोजेको उनीहरुको आरोप छ । गत पुसमै अनाधिकृत ढालिएका ३ थान साँखु, १/१ थान साज र जामुनका ५ वटा रुख जंगलमा भेटेपछि उपभोक्ताले समूहका पदाधिकारीसँग यसबारे सोधखोज गरेका थिए । तर, अध्यक्ष र सचिवले वास्तै नगरेपछि छानविन गरी दोषीउपर वन ऐन अनुसार कारबाही गर्न सवडिभिजन कार्यालय सुन्दरपुर, डिभिजन वन गाईघाट हुँदै अख्तियारसम्म पुग्नु परेको उपभोक्ताहरुले बताएका छन् । विभिन्न निकायमा दिएको उजुरीको सुनुवाई नहुँदा अख्तियार गुहार्नु परेको उपभोक्ताको गुनासो छ।

अर्का उपभोक्ता रमेश कार्कीले रुख ढाल्नेलाई कारबाही गर्न समितिमा निवेदन दिँदा उल्टै पदाधिकारीले दादागिरीको शैलीमा हप्कीदप्की गरेको गुनासो गरे। समितिका सहसचिव, कोषाध्यक्षलगायत अधिकांश सदस्यलाई थाहै नदिई अध्यक्ष हरिबहादु राउत र सचिव तुलसीराम खत्रीले समितिमा मनोमानी गर्ने गरेको आरोप कार्कीको छ। वन छाँटकाँट (ट्रिपुलिङ) गर्दा १२/१५ ट्याक्टर लाथ्रा निकाले पुग्नेमा अनावश्यक लाथ्रा ढालेर ६० ट्याक्टरभन्दा बढी निकालेको उनको आरोप छ। निकालेको लाथ्राको विवरण आमभेला बोलाएर सार्वजनिक गर्नुपर्नेमा वर्षदिन हुन लाग्दासम्म नगरेको कार्कीले बताए ।

विना छप्पनको ३ वटा सखुवा र १/१ थान साँच र जामुन अवैध ढंगले अध्यक्षको आदेशमा ढालिएको अर्का उपभोक्ता भिमराज खत्रीको आरोप छ । अवैध ढंगले अनाधिकृतरुपमा ढालिएको रुखका टुनाहरुको सर्जिमिन मुचुल्का भईसकेपनि अझैसम्म टुनाहरु वनमै रहेको खत्रीले बताए ।

वन डिभिजन कार्यालय गाइघाटका सहायक वन सुचना अधिकृत जागेश्वर साहले समुहकाे तर्फबाट कारवाही प्रकृया गरिसकेकाे जानकारी आएकाे र त्यहाँकाे विषयमा वन कार्यालयकाे तर्फबाट थप अनुसन्धान भइरहेकाे जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij