२०८३ साउन ९ शनिबार

धरहरा छेउमा पर्खाल भत्किँदा चालक घाइते

ई आर्थिक    शुक्रबार, भाद्र १९ २०७७
4K
Shares
धरहरा छेउमा पर्खाल भत्किँदा चालक घाइते

काठमाडौँ, भदौ १८ गते । काठमाडौँस्थित निर्माणाधीन धरहरा छेउमा पुरानाे भवन भत्काउने क्रममा साे घर एक्कासि भत्किएर थिच्दा एक जना गम्भीर घाइते भएका हुनु भएकाे छ। घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा डोजरसहित चालक च्यापिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनलाई उद्धार गरेर उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । अन्य मानवीय क्षति भने भएको छैन । भूकम्पले भत्काएपछि अहिले धरहरा पुनःनिर्माण चलिरहेको छ । साविक गोश्वारा हुलाक रहेको क्षेत्रसमेत जोडेर धरहराको परिसर फराकिलो बनाउने क्रममा उक्त घटना भएको हो ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij