२०८३ साउन ९ शनिबार

स्वास्थ्यमा समस्या आएपछि जापानी प्रधानमन्त्री आवेद्वारा राजीनामा घोषणा

ई आर्थिक    शुक्रबार, भाद्र १२ २०७७
6.2K
Shares
स्वास्थ्यमा समस्या आएपछि जापानी प्रधानमन्त्री आवेद्वारा राजीनामा घोषणा

ई–आर्थिक, काठमाडौं । जापानका प्रधानमन्त्री शिन्जो आवेले राजीनामा दिने घोषणा गरेका छन्। जापानी सञ्चार माध्यमहरुका अनुसार उनले आफ्नो स्वास्थ्यमा समस्या आएपछि राजीनामा दिने घोषणा गरेका हुन्। उनको दलले पनि त्यसको पुष्टि गरेको छ।

‘आवेले केही दिनदेखि राजीनामा विषयमा सोचिरहेका थिए। अन्तत: उनले राजीनामा घोषणा गरेका छन्’ जापान टाइम्सले लेखेको छ, ‘उनले राजीनामाको कारण आफ्नो स्वास्थ्य बताएका छन्।’

उनी आन्द्राको समस्याबाट लामो समयदेखि पीडित छन्। अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ। सरकारी प्रसारक एनएचकेका अनुसार ६५ वर्षीय आबेले आफ्नो कारणले सरकार सञ्चालनमा समस्या नहोस् भन्ने चाहेका छन्।

उनी सन् २०१२ देखि निरन्तर देशको कार्यकारी नेता रहेका आबे जापानी इतिहासमा सबैभन्दा लामो समय काम गर्ने प्रधानमन्त्री हुन्। ‍उनको पदावधि २०२१ सम्म छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij