२०८३ साउन ११ सोमबार

कोरोना संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु, मुलुकभर जम्मा मृत्यु १११ पुग्यो

ई आर्थिक    मंगलबार, भाद्र २ २०७७
5.4K
Shares
कोरोना संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु, मुलुकभर जम्मा मृत्यु १११ पुग्यो

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ का कारण नेपालका विभिन्न स्थानमा थप तीन जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार काभ्रेका ९८ वर्षीय वृद्ध, विराटनगर–८, मधुमारा निवासी ४७ वर्षीय पुरुष, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय जडीबुटी व्यवसायी समाजसेवी मुस्लिम समुदायका पुरुष र पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षीय वृद्धको मृत्यु भएको हो ।

नेपालका विभिन्न ठाउँमा भएको सो मृत्युलाई नेपाल सरकारले आज दिउसो नियमित प्रेस व्रिफिङ्गमार्फत जानकारी दिने तयारी भइरहेको बुझिएको छ । यी चारको मृत्युसँगै मुलुकभर कोरोना संक्रमणबाट मृत्यु हुनेको जम्मा संख्या १११ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij