२०८३ साउन ९ शनिबार

सरकार घरघरमा पुगेर सेवा दिइरहेको छः मुख्यमन्त्री राई

ई आर्थिक    बिहिबार, साउन २९ २०७७
5.1K
Shares
सरकार घरघरमा पुगेर सेवा दिइरहेको छः मुख्यमन्त्री राई

इ-आर्थिक, मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनताको सरकारले जनताकै घरघरमा पुगेर सेवा प्रवाह गरिरहेको बताएका छन् ।

झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक परियोजना अन्तर्गत निर्मित सडकको आज उद्घाटन गर्दै सानातिना काम स्थानीय, मझौला प्रकृतिका प्रदेश र ठूला आयोजना सङ्घीय सरकारबाट पूरा हुने भएकाले अब कोही पनि निराश बन्नु नपर्ने जिकिर गरे ।

अर्जुनधारा – ६ र ९ स्थित माता मन्दिरदेखि प्रणामी मन्दिरसम्मको मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक शान्ति निर्माण सेवाले रु ८८ लाख ११ हजार १७१ को लागतमा निर्माण गरेको बताइएको छ । त्यस्तै मुख्य मन्त्री राईले अर्जुनधारा जलेश्वरधाम जाने बाटामा रहेको कृष्ण–अर्जुन रथको प्रतिमा तथा अर्जुनधारा–१ र २ को बेलटारस्थित प्रदेश सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा बनेको दुग्ध सङ्कलन केन्द्र (चिलिङ सेन्टर) को समेत उद्घाटन गरे ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij