ई-आर्थिक, काठमाडौं। कोरोना संक्रमणबाट बँच्न के-के सावधानी अप्नाउनु पर्छ भनेर दिनहुँ आम जनतालाई सुसुचित गर्नेले नै अभद्र क्रियाकलाप देखाउदा नेपाली समाजमा कतिको पाच्य होला ? आम नागरिकमा कस्तो सन्देश जाला ?
नाक, मुख र आँखा नांगो हातले नछुन, नचलाउन दिनदिनै आग्रह गर्नेमध्येका सबैभन्दा प्रमुख पात्र स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा औंलाले नाक कोट्याएको दृश्य अहिले भाइरल बनेको छ ।
सधै झैं मंगलबार साँढे चार बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलन सुरु भयो । तर आजको सम्मेलमा अन्य सम्मेलमा भन्दा केहि अनौठो र अभद्र दृष्य क्यामेरामा कैद भयो । जसमा प्रवक्ता गौतमले नाक कोट्याएको दृश्यले धेरैलाई लज्जित बनायो ।
कोरोना भाइरसको नियमित पत्रकार सम्मेल गर्दै आएका गौतमको यस्तो काम नगर्न बारम्बार भन्ने गर्छन् । तर उनले मंगलबार देखाएको क्रियाकलापले आम नागरिकलाई लज्जित त बनायो नै स्वयं गौतमप्रति नैतिक प्रश्न पनि उब्जाएको छ । त्यसो त जागेश्वर पेशाले आफै चिकित्सक पनि हुन् । साथै स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका डक्टर गौतमले गरेको यस्तो क्रियाकलाबाट आम नागरिकमा कस्तो सन्देश जाला ?
(भिडियो)