२०८३ साउन ९ शनिबार

लामो दुरीको बस र हवाई सेवा भदौ १६ गतेदेखि मात्रै खोल्ने मन्त्रिपरिषद्को निर्णय

ई आर्थिक    सोमबार, साउन २६ २०७७
5.5K
Shares
लामो दुरीको बस र हवाई सेवा भदौ १६ गतेदेखि मात्रै खोल्ने मन्त्रिपरिषद्को निर्णय

ई–आर्थिक, काठमाडौं । सरकारले लामो दुरिका यातायात सेवा र हवाई उडान सुरु भदौ १६ गतेदेखि मात्रै गर्ने निर्णय गरेको छ । आज सोमबार वसेको मन्त्रिपरिषद्को बैठकले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेदेखि खोल्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार मन्त्रिपरिषद्को बैठकले १६ भदौबाट मात्रै खुला गर्ने निर्णय गरेको हो । यी क्षेत्रलाई यसअघि भदौ १ गते खोल्ने निर्णय गरेको थियो ।

यसअघिको ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

कोरोनाको संक्रमणको जोखिम झन् बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको थियो ।

यसैबीच भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारेको छ । त्यस्तै अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेध गर्ने निर्णय पनि आजको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij