ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई कहिल्यै नबिर्सने गरी ईतिहास पढाउने सन्देश पठाएपछि गौतम बुद्धको जन्मस्थलका सन्दर्भमा भारत ‘ब्याक’ भएको खुलासा भएको छ । नेपालमा राजनीतिक संकट चुलिएकोे महसुस गरी भारतीय संस्थापनले नेपालीको प्रतिक्रिया बुझ्ने हेतुले बिबादास्पद अभिब्यक्ति दिएको थियो । भारतीय बिदेशमन्त्री एस. जयशंकरले भगवान गौतम बुद्धबारे भ्रमपूर्ण अभिब्यक्ति दिएलगत्तै नेपालका सबै राजनीतिक शक्ति र ब्यक्तिले कडा आलोचना गरेका थिए ।
भारतको यस कदमबिरुद्ध फेरि नेपालमा राष्ट्रिय एकता देखिएको थियो । यो एकताको बलमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई ईतिहास पढाई दिने र त्यो जीबनभर बिर्सन नसक्ने सन्देश पठाएका थिए । ‘बर्तमान भारतीय संस्थापन ईतिहासको अज्ञानी बिद्यार्थी जस्तो देखिन्छ ।’ ओलीले मोदीको कानसम्म पु¥याउने उद्देश्यले भनेका थिए ‘उसलाई नेपालले राम्रोसँग र तथ्यगत ईतिहास पढाउन आवश्यक देखिएको छ ।’
भारतीय बिदेशमन्त्री एस. जयशंकरले भगवान गौतम बुद्धबारे भ्रमपूर्ण अभिब्यक्ति दिएको सन्दर्भमा केही नेपाली कुटनीतिज्ञहरुसँगको परामर्शमा ओलीले त्यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भारतीय कुटनीतिक च्यानलमार्फत उक्त कुरा नरेन्द्र मोदीसमक्ष पु¥याउन भूमिका खेल्नसमेत नेपाली कुटनीतिज्ञलाई भनेका थिए । जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए । यसको जबाफ दिन प्रधानमन्त्री ओलीले नेपालका केही कुटनीतिज्ञसँग परामर्श गरेका थिए । बिदेशमन्त्री जयशंकरको अभिब्यक्ति प्रधानमन्त्री नरेन्द्र मोदीकै भएको पनि प्रधानमन्त्री ओलीको बुझाई छ । ‘नरेन्द्र मोदी ईतिहासको अज्ञानी छात्र रहेछन् । अब उनलाई ईतिहास सिकाउने दायित्व नेपालको काँधमा आएको छ ।’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै कुटनीतिक स्रोतले भन्यो ।
भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा साउन २४ गते आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा जयशंकरले त्यस्तो धारणा राखेका थिए । उनको यस्तो धारणा आएलगत्तै नेपालमा ब्यापक बिरोध भएको थियो । यसले नेपालमा भारतबिरोधी भाबना घृणामा परिणत भएको थियो ।
भारतप्रति आम नेपालीले घृणा गर्ने स्थिति पैदा भएको र यही अबस्थाले प्रधानमन्त्री ओलीले राम्रोसँग उपयोग गर्ने देखिएपछि भारतीय संस्थापन पनि तर्सिएको थियो । भारतबिरोधी भाबना भड्काउदै प्रधानमन्त्री ओलीले चाल्ने कदमले भारतलाई दीर्घकालीन असर पर्ने भएपछि भारतीय बिदेश मन्त्रालयले बिदेशमन्त्रीको उक्त भनाईलाई चलाखीपूर्णढंगले खण्डन गरेको छ । उक्त खण्डनमा बुद्ध नेपालमा जन्मेको बारेमा कुनै भ्रम नरहेको बताइएको छ । यसले भारतीय कुटनीतिको बचपन फेरि अर्कोपटक सतहमा देखिएको छ भने नेपालका प्रधानमन्त्री ओलीलाई राष्ट्रबादमा थप सफलता मिलेको छ । भारतको हेपाहा र तथ्यलाई तोडमोड गर्ने प्रबृतिमा कुनै परिबर्तन नआएको पनि यसले देखाएको छ ।
नेपालका प्रधानमन्त्री ओली बलियो शासक भएकैले भारत पछि हट्न बाध्य भएको र ओलीको स्थानमा कुनै प्रधानमन्त्री भएको भए बुद्ध पनि भारतीय हुन भनेर भारतले दाबी गर्ने रहेछ भन्ने सन्देश प्रबाह भएको छ । ओली प्रधानमन्त्री बनेयता भारत पटक–पटक नेपाल मामिलामा पछारिएको छ ।
भारतीय राजनीतिक नेतृत्वबाट पटक–पटक गौतम बुद्धलाई भारतको दाबी गरिएको छ । भारतीय प्रधानमन्त्री मोदीले दुई वर्षअघि बुद्ध पूर्णिमाको अवसर दिएको मन्तव्यमा भारत बुद्धको भूमि भएको बताएका थिए । मोदीको उक्त भनाइलाई लिएर नेपालमा ठूलो विरोध भएको थियो । उनै मोदीले ६ वर्षअघि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल बुद्ध भूमि भएको बताएका थिए ।
मोदीको गरेको उक्त सम्बोधनले नेपालमा निकै वाहवाही पाएको थियो । तर, नेपालमा त्यस्तो अभिव्यक्ति दिएका मोदीले नै बेलाबखत बुद्ध भारतीय भएको दाबी गर्दै आएका छन् । गत वर्ष संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने क्रममा पनि मोदीले भारतले विश्वलाई बुद्ध दिएको दाबी गरेका थिए ।
गौतम बुद्धको जन्म कपिलवस्तुको शाक्य परिवारमा राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रुपमा लुम्बिनीमा भएको इतिहासमा पढ्न पाइन्छ । रानी मायादेवी कपिलवस्तुबाट माइत देवदह जाने क्रममा लुम्बिनी वाटिकामा गौतम बुद्धको जन्म भएको थियो ।