२०८३ साउन ९ शनिबार

भारतले सच्यायो जयशंकरको अभिव्यक्ति, भन्यो ‘ बुद्ध नेपालमै जन्मिएका हुन्, कुनै शंका छैन ‘

ई आर्थिक    सोमबार, साउन २६ २०७७
4.8K
Shares
भारतले सच्यायो जयशंकरको अभिव्यक्ति, भन्यो ‘ बुद्ध नेपालमै जन्मिएका हुन्, कुनै शंका छैन ‘

ई-आर्थिक, काठमाडौं। भारत सरकारले गौतम बुद्धका बारेमा भएको गलत टिप्पणी सच्याएको छ । नेपालमा जन्मिएको बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाल लगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो ।

भारतको विदेश मन्त्रालयले गौतम बुद्धको जन्मभूमी बारे विदेश मन्त्री एस जयशंकरले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको छ। भारतका विदेश मन्त्री एस जयशंकरले गौतम बुद्ध ‘भारतका महान नागरिक’

भारतका विदेश मन्त्री एस जयशंकरले शनिबार एक भर्चुअल कार्यक्रममा गौतम बुद्ध भारतका महान नागरिक रहेको भन्दै गलत टिप्पणी गरेलगत्तै विश्वभर रेहेका बौद्ध धर्मावलम्बीले समेत विरोध जनाएपछि भारत सरकारका तर्फबाट भारतीय विदेश मन्त्रालयले उक्त गलत टिप्पणी सच्याउनु परेको हो ।

साझा बौद्ध बिरासतसँग जोडिएको गौतमबुद्धको बारेमा त्यस सम्मेलनमा कुरा भएको मन्त्रालयले प्रष्ट पारेको छ । “ बुद्ध लुम्बिनीमा जन्मनु भएको थियो भन्ने बारेमा कुनै शंका छैन्, जुन नेपालमा पर्छ,” मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij