२०८३ साउन ११ सोमबार

फेरि दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

ई आर्थिक    मंगलबार, साउन २० २०७७
8.5K
Shares
फेरि दुई साता लकडाउन गर्न विज्ञहरुको सुझाव

ई–आर्थिक, काठमाडौं । देशभर कोरोना संक्रमण दर बढेपछी जनस्वास्थ्य विज्ञहरुले सरकारलाई फेरि लकडाउन गर्न सुझाव दिएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी दलका नेतासहित भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् ।

छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले राखेको सुझाव कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उनले सुझाव लिने मात्र नभइ कार्यान्वयन गर्नुपर्ने समेत बताएका छन् ।

यसैबीच प्रधानमन्त्री ओलीले भने जनताले नै सरकारको आग्रह नसुनेकाले कोरोना भयावह अवस्थामा पुगेको बताएका छन् । उनले कोरोनाको संक्रमणको अवस्था बुझेरमात्रै लकडाउन गर्ने नगर्ने भन्ने निर्णय लिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij