ई–आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ । मंगलबार सुनको मूल्य दुई सयले बढेर तोलाको ९९ हजार ८०० रुपैयाँ कायम भएकाे छ । यो हालसम्मकै उच्च मूल्य हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा ९९ हजार ८०० पुगेको हो ।
यस्तै तेजावी सुन तोलामा ९९ हजार ३७५ रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी चाँदी तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको छ ।