२०८३ साउन ११ सोमबार

दुई ट्राफिक प्रहरीमा कोरोना भाइरसको संक्रमण, काठमाडौंको बग्गीखाना सिल

ई आर्थिक    आइतबार, साउन १८ २०७७
7K
Shares
दुई ट्राफिक प्रहरीमा कोरोना भाइरसको संक्रमण, काठमाडौंको बग्गीखाना सिल

एसएसपी ढकालसहित ३७५ जना क्वारेन्टिनमा

ई–आर्थिक, काठमाडौं । दुई ट्राफिक प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि काठमाडौंको रामशाहपथमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) लाई सिल गरिएको छ । महानगरीय प्रहरी प्रमुख एसएसपी भिमप्रसाद ढकालसहित त्यहाँ कार्यरत ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । कोरोना भाइरस संक्रमितलाई भने अस्पतालमा पठाइएको छ ।

उक्त महाशाखालाई अहिले पूर्णरुपमा लकडाउन गरिएको छ । अहिले एसएसपी ढकाल सहित त्यहाँ कार्यरत विभिन्न दर्जाका ट्राफिक प्रहरीहरु समेत गरी ३७५ जनालाई ब्यारेक–ब्यारेकमै राखिएको छ । छौं ।

संक्रमण नफैलियोस भन्ने उद्देश्यले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको एसएसपी ढकालले जानकारी दिए ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना मध्ये ३७५ जना क्वारेन्टिनमा गएपछि ट्राफिक व्यवस्थापन केही प्रभावित हुनसक्ने अनुमान गरिएको छ । तथापी १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको एसएसपी ढकालले जानकारी दिए । कम प्रेसर भएको ठाउँका ट्राफिक प्रहरीलाई झिकेर बढी प्रेसर भएका ठाउँमा पठाएर व्यवथापन गरिएको उनको भनाई छ ।

अहिले बग्गिखानामा आवत जावत बन्द गरिएको छ । ट्राफिक सम्बन्धि सेवा दिने केन्द्रीय निकायलाई नै सिल गरिएपछि त्यहाँबाट प्राप्त हुने सेवाहरुसमेत प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij