२०८३ साउन ९ शनिबार

हजारको नोटमा रहेको विदेशी हात्ती विस्थापित, हजारको नोटमा अबदेखि नेपालकै जम्ल्याहा नेपाली हात्ती देख्न पाइने

ई आर्थिक    शुक्रबार, साउन ९ २०७७
8K
Shares
हजारको नोटमा रहेको विदेशी हात्ती विस्थापित, हजारको नोटमा अबदेखि नेपालकै जम्ल्याहा नेपाली हात्ती देख्न पाइने

ई–आर्थिक, काठमाडौं । नेपाली एक हजार रुपियाँको नोटमा रहेको विदेशी हात्ती अब विस्थापित हुने भएको छ । हालसम्म एक हजारको नोटमा देश बाहिरको हात्तीको तस्बिर रहँदै आएकोमा राम–लक्ष्मण नामका स्वदेशी जुम्ल्याहा हात्ती देख्न पाइने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले बुधबारबाट राम–लक्ष्मणको वयस्क तस्बिरसहित हजारको नयाँ नोट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले उक्त जुम्ल्याहा हात्तिसहितको तस्विर सार्वजानिक गरेपछि यो अवस्था आएको हो ।

स्वदेशकै हात्तीको तस्बिर राख्नुपर्छ भन्ने विषय उठेपछि नेपालकै हात्तीको तस्बिर राखेर हजारको नोट परिवर्तन गरिएको राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij