ई–आर्थिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से परिसूचक १०.१३ अंकले बढेर १४४२.६१ विन्दुमा पुगेको छ।
यस दिन एक सय ८७ कम्पनीहरुको २८ हजार छ सय ४९ पटकको कारोबारमा ३३ लाख ९२ हजार नौ सय ६९ कित्ता शेयर खरिद बिक्री हुँदा कारोवार रकम एक अर्ब ३२ करोड ७१ लाख ३५ हजार दुई सय १८ रुपैयाँको शेयर किनबेच भएको छ ।
नेप्सेमा आज १२ वटा समुहको कारोबार भएका छन् । जसमध्ये बिकास बैंक र सामुुहिक लगानी कोष समुहको सुचक बढेका छैनन भने बाँकी समुहमा हरियाली छाएका छन् । यस दिन बजार बढ्दा ४ कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। बिहीबार कारोबारमा आएको तारगाउँ रिजेन्सी होटल, मिर्मिरे माइक्रोफाइनान्स, ओरियण्टल होटल र कालिका लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो।
त्यस्तै वाणिज्य बैंक समुहको सुचक तीन अंकले बढेर १२ सय ४६ दसमलव ७३ बिन्दुमा पुगेको छ भने जलबिद्युत समुहको सुचक छ दसमलव ६२ अंकले बढेर नौ सय ७२ दसमलव १५ बिन्दुमा पुगेको छ ।
निर्जिवन बीमा समुहको सुचक पनि एक सय ८५ दसमलव सात अंकले बढेर छ हजार छ सय ३४ दसमलव ३८ बिन्दुमा पुगेको छ ।