२०८३ साउन ९ शनिबार

सिद्धार्थ राजमार्गमा लगातार पहिरो : पहिरोले ट्रक पु¥यो, चालक र सहचालक सकुसल भागे

ई आर्थिक    शनिबार, साउन ३ २०७७
8.5K
Shares
सिद्धार्थ राजमार्गमा लगातार पहिरो : पहिरोले ट्रक पु¥यो, चालक र सहचालक सकुसल भागे

ई–आर्थिक, पाल्पा : सिद्धार्थ राजमार्गमा लगातार पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको छ । शुक्रबार रातिदेखि आएको पहिरोले सो राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुलनजिकै फेरि ठूलो पहिरो खसेको हो ।

सो पहिरोमा फसेको लु १ क ११७५ नम्बरको ट्रकलाई पहिरोले पुरेको छ । सामान्य पहिरो खस्न थालेपछि ट्रक बचाउन ब्याक गर्ने क्रममा सडक छेउको नालीमा फसेपछि पुनः पहिरो खसेर ट्रक पुरै पुरिएको स्थानीय प्रहरीले जानकारी दिएको छ । उक्त पुरिएको ट्रकका चालक र सहचालक भने भाग्ने सफल भएका छन् ।

पहिरो हटाई सडक सुचारु गर्न चौतर्फी प्रयास भइरहेको प्रहरीको भनाई छ । त्यसका लागि तानसेनबाट डोजर लगाइसकिएको छ भने झुम्साबाट अर्को डोजर मगाएको सडक डिभिजन पाल्पाले जानकारी दिएको छ । पहिरो ठूलो भएकाले पन्छाउन लामै समय लाग्न सक्ने प्रहरीको भनाई छ ।

माथिबाट निरन्तर ढुंगासहितको पहिरो खसेको छ । पानी परेको अवस्थामा भने पहिरो पन्छाउन समस्या हुने सडक डिभिजन पाल्पाले जानकारी दिएको छ ।

पहिरो लगातार खसिरहेकाले जोखिम भने कायमै रहेको छ । एक सय ५० मिटर मिटर माथिदेखि ढुंगा, गिट्टीसहित ५० मिटर लामो पहिरो खसेको छ ।

सो स्थान आसपासमा एक साताअघि देखि नै पहिरो खस्न सुरु भएको थियो । पहिरोको ढुंगा माटोले डुम्रे खोलालाई अवरुद्ध पार्ने भएकाले मिलाई–मिलाई पन्छाउनुपर्ने अवस्था रहेको छ ।

पानी नपरेको अवस्थामा पहिरो पन्छाउन दिनभर लाग्ने बताइएको छ । पहिरो नपन्छेसम्म सो स्थानमा सवारी आवगमन कायमै रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij