ई-आर्थिक, काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
तोलामा एक सय रुपैयाँले घटेर आज छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार बिहीबार तेजाबी सुन प्रतितोला ९२ हजार २६० रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।