ई-आर्थिक, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी सोमबार चाँदी पनि १० रुपैयाँले बढेर ९९० रुपैयाँ पुगेको छ ।