२०८३ साउन ९ शनिबार

गुड्न थाल्यो मयूर यातायात, अन्य यातायातको सेवा सञ्चालन अन्यौलमै

ई आर्थिक    सोमबार, असार २९ २०७७
8.7K
Shares
गुड्न थाल्यो मयूर यातायात, अन्य यातायातको सेवा सञ्चालन अन्यौलमै

ई–आर्थिक, काठमाडौं । मयूर यातायातका सार्वजानिक सवारीसाधन सडकमा गुड्न थालेको छ । सरकारले तोकेको मापदण्ड पालना गर्दै मयुरले सेवा सुरु गरेको हो ।
मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राखेर, मास्क र स्यानिटाइजर अनिवार्य राखेर सेवा सुरु गरिएको हो ।
अन्य ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेला मयूरले आजबाट सेवा सुरु गरेको हो । मयुरले सुरुमा ६ वटा बसमार्फत सेवा दिन थालेको छ ।

जसअनुसार काठमाडौंको रिङ्गरोडमा ४ वटा बस चलाउन थालेको छ भने काठमाडौं–धुलिखेल–पनौती रुटमा दुई वटा बस चलाएको छ । गाडीमा ब्याट्री राखेर मर्मत गरिसकेपछि २२ वटा जति बस चलाउने योजना भएको मयुर यातायातले जानकारी दिएको छ । कम्पनीसँग ४४ वटा बस रहेका छन् । सबै बस चलाउन भने यातायातले यात्रुको चाप पर्खिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij